Logo
२९ बैशाख २०८१, शनिबार
(February 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्यासको मूल्य बढ्यो ,पेट्रोल र डिजेलको घट्यो

काठमाडौं : नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो। यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक हजार ३ सय ७५ पुगेको छ। 

यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर रु १ घटाएको छ। समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतितलिटर रु ९९ कायम गरिएको निगमले जनाएको छ। निगमले हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ। पेट्रोलियम पदार्थको खरिद मूल्य केही घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले जानकारी दिनुभयो।

 

प्रकाशित मिति: Feb 3, 2020

प्रतिक्रिया दिनुहोस्