Logo
२९ बैशाख २०८१, शनिबार
(February 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले बजेटमार्फत् करका दरमा भारी छुट दिएसँगै नेपाललाई पनि कर घटाउन दबाब

भारत सरकारले बजेटमार्फत् करका दरमा भारी छुट दिएसँगै नेपाललाई पनि कर घटाउन दबाब परेको छ ।भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार बिहान ३ खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलर ९२६९ खर्ब ८५ अर्ब भारु० को बजेट प्रस्तुत गर्दै आयकरको सीमामा ५ लाखसम्म आम्दानी गर्नेले कुनै पनि कर नपर्ने व्यवस्था मिलाएकी छिन् । त्यतिमात्रै होइन साढे सात लाखसम्म आम्दानी गर्नेलाई अब १० प्रतिशत मात्रै आयकर तिरे हुने भएको छ ।

यसअघि यो व्यवस्था २० प्रतिशतमात्रा थियो । यस्तै, १० लाख आम्दानी गर्नेले अब १५ प्रतिशत र १० देखि साढे १२ लाखको सिमामा २० प्रतिशत मात्रै कर तिरे पुग्ने भएको छ । यसअघि यस्तो व्यवस्था २० प्रतिशत रहेको थियो । भारतले करका दरमा व्यापक हेरफेर गर्दा त्यसले नेपाली लगानी भारतमा विस्तर हुनसक्ने अवस्था देखिएको विश्लेषकहरु बताउँछन् । नेपालमा नीतिगत अस्थिरता लगानीमौत्री वातावरणको अभाव लगानीको सुरक्षा गर्न सकिरहेको छैन जसले लगानीकर्ता ‘पर्ख र हेर को अवस्थामा छन् ।

यो खबर आजको कारोबार दैनिकमा छ ।

प्रकाशित मिति: Feb 2, 2020

प्रतिक्रिया दिनुहोस्