Logo
५ जेष्ठ २०८१, शनिबार
(January 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एभरेस्ट प्रिमियर लिगमा सहभागी हुन क्रिस गेल नेपाल आउने

वेस्ट इन्डिजका चर्चित क्रिकेट खेलाडी क्रिस गेल नेपाल आउने भएका छन्।उनी फ्रेन्चाइज टीटवेन्टी क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग खेल्न नेपाल आउन लागेका हुन्।

 

लिगको चौथो संस्करण आगामी मार्च १४ तारिख (चैत १) देखि काठमाडौंमा शुरू हुँदै छ।आक्रामक ब्याटिङका कारण विश्व क्रिकेटमा बेग्लै छवि बनाएका ४० वर्षीय गेलले एभरेस्ट प्रिमियर लिगमा पोखरा राइनोजका तर्फबाट खेल्नेछन्।

 

खेल्ने विषयमा जमैकन स्टार गेलसँग सम्झौता समेत भइसकेको पोखरा राइनोजले जनाएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: Jan 31, 2020

प्रतिक्रिया दिनुहोस्