Logo
२८ बैशाख २०८१, शुक्रबार
(January 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको भाउले फेरी सीमा नाघ्दै, आज ७६ हजार ३ सयमा कारोबार

सुन एक दिनमै तोलामा ७ सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला ७५ हजार ६ सयमा कारोबार भएको सुन आज (बिहीबार) ७६ हजार ३ सय रुपैयाँ पुगेको छ ।

निरन्तर उकालो लाग्दै गएको सुनको भाउ केही ओरालो लागेर पुन उकालो लाग्न सुरु गरेको छ । प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७४ हजार ८ सयमा आइपुगेको थियो। पुनः बढेर ७६ हजार ३ पुगेको छ ।

अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लागेको थियो । तर, अहिले पुन उकालो लाग्न पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ।

प्रकाशित मिति: Jan 30, 2020

प्रतिक्रिया दिनुहोस्