Logo
२३ बैशाख २०८१, आईतबार
(January 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेल चलाउन विदेशी कर्मचारी राख्ने मन्त्रीपरिषदको निर्णय

सरकारले रेल चलाउन सक्ने जनशक्ति नेपालमा नभएमा विदेशी कर्मचारी राख्न नेपाल रेलवे कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिएको छ । भारतको जयनगर देखि जनकपुर सम्म रेलमार्ग निर्माण भई सञ्चालनको अन्तिम तयारीमा छ ।

जनकपुर-जयनगर-बर्दिबास रेलवे अन्तर्गत तयारी रहेको जनकपुर देखि जयनगरसम्म रेल सञ्चालनको लागि विदेशीलाई पनि नियुक्त गर्न सक्ने सैद्धान्तिक स्वीकृति दिएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए ।

नेपालमा रेल चलाउने आवस्यक जनशक्ति नभएपछि मन्त्रीपरिषदको ६ माघको बैठकले विदेशीलाई समेत राख्नसक्ने निर्णय गरेको हो ।
नेपालले भारतबाट रेलसमेत किनिसकेको छ । दुईवटा रेलमध्ये एउटा नेपालका लागि हिँडिसकेको छ ।

प्रकाशित मिति: Jan 23, 2020

प्रतिक्रिया दिनुहोस्