Logo
२७ बैशाख २०८१, बिहीबार
(January 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मैसम बदली : बिहीबार दिउँसोदेखि २ दिनसम्म देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपात

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण दुई दिन हल्का वर्षा हुने भएको छ ।

बिहीबार दिउँसोदेखि काठमाडौंलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबारसम्म हल्का वर्षा हुने देखिए पनि शनिबारबाट मौसममा सुधार हुने महाशाखाका मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन् ।

‘आज र भोलि देशभर हल्का पानी पर्ने देखिएको छ,’ उनले भनिन्,‘शनिबारदेखि भने मौसममा सुधार हुनेछ ।’

पश्चिमी र मध्यका उच्च पहाडीरहिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार राति पनि मध्य तथा पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र पूर्वी पहाडी भू(भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मानन्धरले बताइन् ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ २ गते (बिहीबार)

दिउँसो : देशको मध्य तथा पश्चिमी भू(भाग लगायत पुर्वी पहाडी भू्(भागमा सामान्य बदली रही बाँकि भू्(भागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी भू(भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडीरहिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति: देशको मध्य तथा पश्चिमी भू(भागमा सामान्यदेखि पूर्ण बदली रही पूर्वी भू(भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पूर्वी पहाडी भू(भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको।

मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको छ भने पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

माघ ३ गते (शुक्रबार)

दिउँसो : देशको मध्य तथा पूर्वी भू(भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ साथै पश्चिमी भू(भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माघ ४ गते (शनिबार)

दिउँसो : देशको पश्चिमी भू्(भागमा सामान्य बदली रही बाँकी भू्(भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू(भागका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

राति: देशभर आंशिक बदली भई देशका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति: Jan 16, 2020

प्रतिक्रिया दिनुहोस्