Logo
२७ बैशाख २०८१, बिहीबार
(January 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौसममा बदली : देशका विभिन्न स्थानमा वर्षा र भारी हिमपात

मौसम पूर्वानुमान महाशाखाले आज मध्य र पश्चिमी भूभागका केही स्थानमा वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ ।

बिहिबार जारी मौसम पूर्वानुमानमा महाशाखाले पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपात हुने जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका पश्चिमी, मध्य भूभाग र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली भइरहेको जारी सूचनामा उल्लेख छ ।

यसैगरी, आज दिनभरी मध्य, पश्चिमी भूभाग, पूर्वी पहाडी भूभाग र बाँकी भूभागमा समेत आंशिक बदली हुने पूर्वानुमान गरिएको छ ।

यसैगरी, पश्चिमी भूभागको केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पूर्वानुमान गएिको छ ।

त्यस्तै, आज राति पनि देशका मध्य, पूर्वी स्थानमा पूर्ण बदली हुने र पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली हुनेछ ।

देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र मध्य तथा पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति: Jan 16, 2020

प्रतिक्रिया दिनुहोस्