Logo
२८ बैशाख २०८१, शुक्रबार
(January 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्दै, वर्षा र हिमपातको सम्भावना

बुधबार साँझ पश्चिमी न्यून चापीय प्रणालीट नेपाल प्रवेश गर्दैछ । यस प्रणालीका कारण बुधबार राती देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ ।

साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात को सम्भावना रहेको छ । यो प्रणालीका कारणले बिहीबार देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुनुका साथै थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

साथै, मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र सोहि भू-भागका १-२ स्थानहरुमा भारी वर्षाको सम्भावना समेत रहेको छ । देशको पूर्वी भू-भागमा बिहीवार आंशिक देखि सामान्य बदलि भई १-२ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यस प्रणालीको प्रभाव देशभर शुक्रबार सम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: Jan 15, 2020

प्रतिक्रिया दिनुहोस्