Logo
२८ बैशाख २०८१, शुक्रबार
(January 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बेलुकीदेखि पहाडी र हिमाली क्षेत्रमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी वायुको सक्रियताका कारण आज (सोमबार) बेलुकीदेखि पश्चिमी पहाडी र हिमाली क्षेत्रमा बर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ। आज दिउँसोदेखि देशको पश्चिमी भेगमा मौसम बदली भई पानी पर्ने उच्च हिमाली भेगमा हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

मानन्धरका अनुसार काठमाडौं उपत्यकामा सामान्य हुस्सु लागेपनि तराई भेगमा भने बाक्लो हुस्सु लागेकाले मौसम खुलेर घाम लाग्ने सम्भावना पनि निकै कम छ। आज मध्य र पूर्वी भूभागमा सामान्यतः मौसम सफा रहने अनुमान गरिएको छ। आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ

प्रकाशित मिति: Jan 13, 2020

प्रतिक्रिया दिनुहोस्