Logo
२८ बैशाख २०८१, शुक्रबार
(January 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजको मौसम : देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

बुधवार देशका पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनसार, बुधवार अन्य भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ ।

बुधवार दिउँसो भने पश्चिम र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको संभावना रहेको महाशाखाको भनाइ छ । यस्तै, पूर्वी भूभागमा हल्का बर्षाको सम्भावना छ ।

पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण देशभर मौसममा बदली देखिएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहररूमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । राती पनि यही क्रम जारी रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति: Jan 8, 2020

प्रतिक्रिया दिनुहोस्