Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संस्कृति र प्रकृतिलाई मासेर होइन सिंगारेर पर्यटनको विकास गरौं : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको दशरथ रङगशालामा बुधबार आयोजित विशेष समारोहमा …नेपाल भ्रमण वर्ष सन २०२०’ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्र्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको दशरथ रङगशालामा बुधबार आयोजित विशेष समारोहमा …नेपाल भ्रमण वर्ष सन २०२०’ को शुभारम्भ गर्दै । साथमा संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेशकुमार भट्टराई ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति र संस्कृतिलाई मासेर होइन सिंगारेर पर्यटनको विकास र विस्तार गर्नु पर्ने बताएकी छिन्। उनले संसारकै उत्कृष्ट शिखर सगरमाथा र अन्‍नपूर्ण पदयात्रा लगायत थुप्रै गन्तव्यहरुले पर्यटकहरुलाई आकर्षण गर्ने हुँदा यसलाई पर्यटकीय नगरीको रुपमा विकास गर्नु जरुरी रहेको बताइन्।

उनले भनिन्, ‘पर्यटकहरु हाम्रो पाहुना हुन। हामीले नेपालीको संस्कार अतिथि देवो भव: लाई सै जोगाउनु पर्छ। पर्यटनको विकास गरेर दिगो विकासमा समेत टेवा पुग्छ।’

उनले भनिन् ‘ हाम्रो पर्यटकीय गन्तव्यका लागि प्रतिस्पर्धा र योजनाबद्ध तरिकाले पर्यटनको विकास गर्न सकिएन भने चुनौती बन्‍नेछ। ‘त्यसकारण सबै मिलेर हाम्रो देशमा भएको प्रकृति र कला सांस्कृतिलाई जगेर्ना गर्दै पर्यटन र पर्यावरणको विकास गरौ। एकता कायम गरौ। ‘

काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्‌घाटन गर्दै पर्यटन वर्ष सफल बनाउन सबैले सहकार्य र सहयोग गर्नु पर्ने बताइन्।

आधुनिक सुविधाका साथै प्राकृति सम्पदाको संरक्षण गर्नु पर्नेमा जोड दिँदै उनले हिमाल र पहाडका नदीनाला र ताल तलैयालाई संरक्षण गर्न सके पर्यटन र पर्यावरण जोगिने बताइन्। उनले भनिन्, ‘प्रकृतिलाई विकागेर र मासेर होइन सिँगारेर हामीले पर्यटकहरुलाई आकर्षण गर्नुपर्छ।

पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेशकुमार भट्टराई काठमाडौँको दशरथ रङगशालामा बुधबार आयोजित विशेष समारोहमा …नेपाल भ्रमण वर्ष सन २०२०’ को शुभारम्भ क्रममा स्वागत मन्तव्य व्यक्त गर्दै ।

यसका साथै राष्ट्रपतिले पर्यटन वर्षका नाममा व्‍यावसायसीहरुको व्यापारिकको सोचलाई त्‍यागेर ‘बसु दैव कुटुम्ब’ भावनालाई विकास गर्दै विकासमा हातेमालो गर्न आग्रह गरिन्।

भ्रमण वर्षका लागि मित्र राष्ट्रहरुबाट आएको शुभकामना दिने सबैलाई उनले धन्‍यवाद दिँदै अंग्रेजी नयाँ वर्यषको शुभकामना समेत दिइन्।सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

उक्त लक्ष्यलाई सार्थक तुल्याउन सरकारी निजी क्षेत्र एवं आम सर्वसाधारण स्वःस्फूर्त रूपमा लागिपरेका छन् । सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन विभिन्न मुलुकका विदेशी पाहुना काठमाडौँ आएका छन् । काठमाडौँको दशरथ रङ्गशालामा सहभागी हुन छिमेकी मुलुक भारत, चीनसहित विभिन्न देशका पर्यटनमन्त्री तथा विशिष्ट पाहुना काठमाडौँ आएका हुन् ।

भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ नेपाल आएका छन्। भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पट्टेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ पनि काठमाडौँ आएका छन्।

भ्रमण वर्षमा सहभागी हुन भूटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरू पनि काठमाडौँ आएको पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए।

भ्रमण वर्षको उद्घाटन कार्यक्रमका लागि दक्षिण एसियाली, मध्यपूर्वी, युरोपलगायत मुलुकका ३४ वटा सञ्चारमाध्यमका प्रतिनिधि आइसकेको उनले बताए।

दशरथ रङगशालामा बुधबार आयोजित नेपाल भ्रमण वर्ष सन २०२० का शुभारम्भ समारोहमा शान्ति स्वस्ती पाठ गर्दै संस्कृत गुरुकूलका विद्यार्थी ।

प्रकाशित मिति: Jan 1, 2020

प्रतिक्रिया दिनुहोस्