Logo
२२ बैशाख २०८१, शनिबार
(December 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोमालियामा कार बम विस्फोट : ७६ को मृत्यु, ९० घाइते

सोमालियाको राजधानी मोगादिशुको चेकपोस्ट नजिकै कार बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका छन् । मारिनेमा दुई जना टर्किस इन्जिनियर पनि रहेका छन् ।

घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्थानीय प्रहरीको भनाइ छ । सडक निर्माण कार्यमा जुटिरहेका टर्किस इन्जिनियरहरू रहेको ठाउँनजिकै विस्फोट भएको हो ।

सो घटनामा बसमा यात्रा गरिरहेका बन्दिर युनिभर्सिटीका कम्तीमा १६ विद्यार्थी बम विस्फोटको शिकार बनेका छन् । विस्फोटको जिम्मा कसैले पनि लिएको छैन ।

सोमालियाका राष्ट्रपति मोहम्मद अब्दुल्लाह फर्माजोले आक्रमणको भत्र्सना गर्दै सोमालिया जनतालाई निरुत्साहित गर्न आक्रमण भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: Dec 29, 2019

प्रतिक्रिया दिनुहोस्