Logo
२ जेष्ठ २०८१, बुधबार
(December 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँमा बर्षकै सबैभन्दा कम २.९ डिग्री सेन्टिग्रेड तापक्रम मापन

आज काठमाडौंमा जुम्लापछिकै बढी चिसो भएको छ । काठमाडौंमा न्यूनतम तापक्रम २.९ मापन गरिएको  मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ । जुम्ला र काठमाडौंपछि दाङमा बढी चिसो बढेको छ ।

काठमाडौंको आजको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा झरेको छ । आज जुम्लाको न्यूनतम तापक्रम भने माइनस ६.५ छ । यो काठमाडौं उपत्यकाको यस वर्ष मापन भएको सबैभन्दा कम तापक्रम हो । यसअघि मंगलबार पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ३.२ मापन भएको थियो ।

प्रकाशित मिति: Dec 25, 2019

प्रतिक्रिया दिनुहोस्