Logo
६ जेष्ठ २०८१, आईतबार
(December 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंक ह्याक गर्न योजना बनाउने ४ जना चिनियाँ नागरिक पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं : काठमाडौंको महाराजगञ्ज-बाँसबारी क्षेत्रको एउटा घरमा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा कम्तिमा ४ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

महाराजगञ्ज-बाँसबारी क्षेत्रको एउटा घरमा खानतलासी  गरी उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

उनीहरु बाँसबारीस्थित एउटा घरमा बसेर शंकास्पद गतिविधि गरिरहेको सूचनाको आधारमा खानतलासी गरी नियन्त्रणमा लिइएको बोगटीले जानकारी दिए ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले पक्राउ गरेको हो । काठमाडौंमा रहेका केहि बैंकहरु ह्याक गर्ने योजना बनाइरहेको पाएपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

प्रहरीले चिनियाँ नागरिक बसेको हरेक शंकास्पद स्थलमा छापा मारिरहेको छ ।

चिनियाँ नागरिकहरुले नेपालमा बसेर विभिन्न बैंकहरु ह्याक रकम चोरी गर्ने गरेका छन् ।

प्रकाशित मिति: Dec 23, 2019

प्रतिक्रिया दिनुहोस्