Logo
६ जेष्ठ २०८१, आईतबार
(December 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इटहरी उपमहानगरको ताकेता पछि वन्ने भयो टयाङ्गग्रा पूल

इटहरी उपमहानगरको ताकेता पछि सडक डिभिजन कार्यालय विराटनगरले टयाङ्गग्रा पूल मर्मतका लागि पुस २० सम्ममा ठेक्का लगाएर निर्माणको काम सुरु हुने जनाएको छ । उपमहानगरलाई एक पत्र लेखि सो जानकारी गराएको हो ।

इटहरी वजार हुदै वग्ने टयाङ्गग्राखोलाको पूल जिर्ण वन्दा पनि मर्मत नभएपछि उपमहानगरले चाडै मर्मत गर्न सडक डिभिजन कार्यालयलाई ताकेता गरेको थियो । उपमेयर लक्ष्मी गौतमले एक पत्र लेखि चाडै मर्मत गर्न आग्रह गरेको थियो ।

सडक डिभिजन कार्यालय विराटनगरले सो पूल रहेको ठाँउमा नयाँ पूल वनाउनका लागि सडक विभागमा दुई पटक पत्राचार गरिसकेको समेत जनाएको छ । इटहरीमा ट्राफिक चाप धेरै भएको र पूल समेत साँघुरो भएका कारण नयाँ पूल निर्माणका लागि सडक विभागमा पत्राचार गरिएको जनाइएको छ । दिनमा सयौ यातायातका साधन वारपार हुने पूर्वपश्चिम राजमार्गमा रहेको टयाङ्गग्रापूल जीर्ण अवस्थामा छ ।

प्रकाशित मिति: Dec 23, 2019

प्रतिक्रिया दिनुहोस्