Logo
६ जेष्ठ २०८१, आईतबार
(December 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बङ्गलादेश ब्याडमिन्टन प्रतियोगिता’मा जेसिका र रशिलालाई रजत पदक

नेपालका जेसिका गुरुङ र रशिला महर्जनको जोडीले बङ्गलादेशको राजधानी ढाकामा भएको ‘बङ्गलादेश जुनियर इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिता’मा रजत पदक प्राप्त गरेको छ । ढाकास्थित शहीद ताजुद्धिन अहमद रङ्गशालामा आइतबार सम्पन्न अन्तिम स्पर्धामा जेसिका र रशिलाको जोडी मलेसियाको खेलाडीसँग पराजित भएको थियो ।

सो जोडी मलेसियाका चेङ सु यिन र चेङ सु हुईसित २१-८ र २१-७ अङ्कले पराजित भएको प्रशिक्षक किरण थापाले जानकारी दिए । यसअघि जेसिका र रशिलाको जोडीले सेमिफाइनलमा बङ्गलादेशका खेलाडीलाई हराएको थियो । सो ब्याडमिन्टन प्रतियोगिता खेल्न नेपाली टोली गत मङ्सिर २९ गते बङ्गलादेशतर्फ प्रस्थान गरेको थियो ।

बङ्गलादेश जुनियर इन्टरनेशनल सिरिजमा जेसिका र रशिलासँगै प्रिन्स दाहाल र देवराज रानाले सहभागिता जनाएका थिए । नेपाली खेलाडीले पुरुष र महिला एकल तथा युगल र मिक्स युगल विधामा स्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा बङ्गलादेश, नेपाल, भारत, मलेसिया, थाइल्याण्डलगायत देशका खेलाडी सहभागी थिए ।

प्रकाशित मिति: Dec 23, 2019

प्रतिक्रिया दिनुहोस्