Logo
६ जेष्ठ २०८१, आईतबार
(December 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अत्याधिक जाडो बढेपछि दुहबी र इटहरीका बिद्यालय ३ दिन बन्द

अत्याधिक जाडो बढे सँगै दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाले सो क्षेत्रका सरकारी तथा नीजि विद्यालयहरु तीन दिनको लागि बन्द गर्ने निर्णय गरेको
छ ।

विहानै देखि हुस्सु र चिसो हावा चलेर बालबालिकाहरुको जनजिवन प्रभावित भएको भन्दै तिन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

पुस लागे देखिनै विहानै देखि हुस्सु लाग्ने तर घाम नलाग्ने समस्या भएको कारण विद्यार्थीहरु समस्यामा परेको भन्दै तीन दिन विद्यालय विदा दिएको जनाएको
छ ।

जाडोको कारण बालबालिकाहरुलाई समस्या परेको भन्दै सामुदायीक र नीजि विद्यालय ७ गते देखि ९ गते सम्म कक्षा एक देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई विदा दिएको हो ।

प्रकाशित मिति: Dec 22, 2019

प्रतिक्रिया दिनुहोस्