Logo
६ जेष्ठ २०८१, आईतबार
(December 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद शाह र उनका ड्राइभरले आफ्नै घरमा बोलाएर अभिनेतालाई निर्घात रुपमा कुटेपछि

नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका अभिशेकप्रताप शाहले गत निर्वाचनमा राप्रपाबाट उमेदवार रहेका अभिनेता श्यामकुमार मिश्रालाई आफ्नै घरमा बोलाएर निर्घात कुटपिट गरेका छन् ।

प्रदेश ५ स्थित कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य शाहले मिश्रालाई मरणासन्न हुनेगरी कुटपिटपछि उनकाका ड्राइभरले मिश्रालाई गाडीमा राखेर कृष्णनगर बजारको सडकमा ल्याएर छाडेका थिए ।

पत्रकार प्रेम सुनारले प्रेसित गरेको समाचारमा जनाइए अनुसार आफ्ना गाडी चालक शशि कस्यपलाई बोलाउन पठाएपछि सांसद शाहका घरमा पुगेका मिश्रालाई कोठाभित्र थुनेर शाह र ड्राइभर कस्यपले मरणासन्न हुनेगरी कुटपीट गरेको पीडित पक्षका आफन्तले जानकारी दिएका छन् ।

स्थानीयतले घाइते मिश्रको उद्दार गरी बहादुरगञ्ज पठाएको र उनको अवस्था गम्भीर देखेपछि बुटवल रिफर गरिएको बताइएको छ । कपिलवस्तुका प्रहरी उपरीक्षक दिपशम्शेर जबराले मिश्राले सांसद शाह र उनका ड्राइभरले कुटपिट गरेको भन्ने जानकारी प्रहरीमा आएको बताए ।

मिश्राको नाक र मुखबाट रगत बगेको र उपचार भइरहेको तर कतैबाट उजुरी नपरेको एसपी जबराले बताए । शाहका ड्राइभर फरार रहेकाले पक्राउ गर्न नसकिएको एसपी जबराले बताए ।

कृष्णनगरमा रहेका सांसद शाहको घरमै पुुगेका मिश्र र सांसद शाहबीच केहिबेर गाली गलौज समेत चलेको परिवारिक स्रोतले जनाएको छ ।सांसद शाहले भने हिँजो साँझ आफ्नो ड्राइभर र उनीबीच कुट्पिट भएको तर आफुले न कुटेको भन्दै विज्ञप्ति निकालेका छन् ।

आफुसँग भनाभन मात्रै भएको उनको जिकिर छ । घटनाबारे सांसद शाहसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति: Dec 22, 2019

प्रतिक्रिया दिनुहोस्