Logo
६ जेष्ठ २०८१, आईतबार
(December 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व कीर्तिमान बनाउन २१८ टनको रेल नै ताने यी युवकले

संसारमा मानिसहरूले कीर्तिमानका लागि अनेक-अनेक गर्छन् । यसैबीच एक रुसी युवकले रेललाई तानेर विश्व कीर्तिमान बनाएका छन् ।

भारतीय सञ्चारमाध्यम खासखबरका अनुसार रुसका ३४ वर्षीय इवान स्याकिनले २१८ टनको रेललाई तानेर कीर्तिमान बनाएका हुन् ।

कीर्तिमानपछि इवानले भने,’यो उपलब्धि हासिल गर्नका लागि मैले पछिल्लो एक वर्षदेखि तयारी गरिरहेको थिएँ ।’

रुसी मिडियाका अनुसार पहिले पनि रेलवे इञ्जिन, जहाजहरू मानिसले तानेर कीर्तिमान बनाएका छन् । तर यति धेरै वजनको रेल तानिएको भने यो पहिलो पटक हो ।

इवानले आफ्नी पत्नीलाई प्रभावित पार्नका लागि उक्त रेल तानेको बताए ।

प्रकाशित मिति: Dec 22, 2019

प्रतिक्रिया दिनुहोस्