Logo
६ जेष्ठ २०८१, आईतबार
(December 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गर्नुस् त्यसमा सरकारले झण्डा गाड्छ : मन्त्री अर्याल

चितवन : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मान्त्री पद्माकुमारी अर्यालले सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरेर संरक्षण गर्न आग्रह गरेकि छिन । चितवनस्थित रत्‍ननगर नगरपालिकाले शनिवार रत्नगनगरमा आयोजना गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षणसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन ।

सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण तथा दोहनको ब्यापक गुनासो आइरहेका बेला जग्गा संरक्षणको अभियान थालेको छ । सोही सन्दर्भमा रत्न्नगर नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका सन्दर्भमा मन्त्रीको उपस्थितिमा छलफल कार्यक्रमको आयोजना गरेको हो ।

त्यस अवसरमा मन्त्री अर्यालले सरकारले देशैभरका सरकारी तथा सार्वजनिक जग्गा संरक्षणको अभियान थालेको बताईन । देशैभर विभिन्न व्यक्ति तथा संस्थाले अनाधिकृत रुपमा दोहन गरेको जग्गा खोजेर सरकारले त्यसको संरक्षण गर्नु उहाँको भनाइ थियो । कार्यक्रममा उपस्थिती स्थानीय पालिकाका प्रमुख तथा अगुवाहरूलाइ निर्देशित गर्दै मन्त्री अर्यालले जग्गाको संरक्षण गर्ने प्रमुख दायित्व भनेको स्थानीय पालिकाकै भएको बताउदै उक्त अभियानमा लाग्नो आग्रह गरिन।

स्थानीय पालिकाले पहिचान गरेको सार्वजनिक तथा सरकारी जग्गामा सरकारले आफ्नो झण्डा गाड्ने प्रतिवद्धता समेत जनाउनुभयो । ुतपाइहरूले यहाँका सरकारी र सार्वजनिक जग्गाको पहिचान गर्नुस् । किल्ला ठोक्नइ म आफै यहाँ आउछुु, मन्त्री अर्यालले भनिन ।

मन्त्री अर्यालले देशभरका जग्गाको विवरण लिएर सरकारको नाममा जग्गा फर्काउने अभियान थालिएको बताउदै यस कार्यमा कसैको डर धम्किबाट नडराउन समेत उहाँले आग्रह गरिन ।
सरकारले अब चाँडै भूमिसम्बन्धी शक्तिशाली आयोग बनाएर सरकारी ताथा खालि रहेका जग्गाको व्यवस्थापन गर्दै लैजान लागेको मन्त्री अर्यालको भनाई थियो । आगामी माघ महिनासम्ममा शक्तिशाली भूमि आयोग बनाउनेगरी काम अगाडी बढेको बताईन ।

सरकारले सरकारीरसार्वजनिक जग्गाको बारेमा अध्ययन गर्न शक्तिशाली आयोग गठन गरेको थियो । आयोगले हालै बुझाएको प्रतिवेदनमा झण्डै ४३ सय बिघा जमिन अतिक्रमण भएको उल्लेख गरिएको छ ।

त्यस अवसरमा मन्त्री अर्यालले रत्नछनगरपालिका अन्तर्गत रहेका सार्वजनिक तथा सरकारी जग्गाको अनुगमन निरिक्षण गर्नुभएको थियो ।

प्रकाशित मिति: Dec 22, 2019

प्रतिक्रिया दिनुहोस्