आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात, भोलीदेखि क्रमश दिन बढ्दै जाने
आज बर्षकै छोटो दिन परेको छ । यो नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा पर्न गएको हो । त्यस्तै आज वर्षकै सबैभन्दा लामो रात हुनेछ ।
दक्षिणी ध्रुवका देशहरुमा यसको ठिक उल्टो रात छोटो र दिन लामो हुन्छ ।
पात्रो अनुसार आजको नेपालको दिनमान २५ घडी ५७ पला छ भने रात्रीमान ३४ घडी १० पला छ । आज सूर्योदय विहान ६ बजेर ५० मिनेटमा भएको थियो भने सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुनेछ ।
यसको अर्थ, आजको दिन १० घण्टा २३ मिनेटको मात्र हुनेछ । रात भने १३ घण्टा ३७ मिनेट लामो हुनेछ । भोलीबाट क्रमश दिन बढ्दै र रात घट्दै जानेछ ।