इन्स्टाग्राममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको प्रवेश
सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो चरणमा इन्स्टाग्राममा सक्रिय हुन थालेका छन् ।
उनको भेरिफाइड फेसबुक पेज छ । जसलाई २ लाख ६१ हजार ८ सय ४३ जनाले लाईक तथा २ लाख ६६ हजार ९ सय ६६ जनाले फलो गरेका छन् । आफ्नो कार्यक्रमबारे जानाकारी, आफ्ना भाषणहरु फाटो तथा दस्तावेजहरु सो पेजमा अपलोड हुने गरेको छ ।
उनको ट्विटर एकान्ट पनि छ । सि एम प्रचण्ड ह्याण्डील भएको ट्विटर पनि भेरिफाईड छ । जसमा उनका २५१.२ के फलोअरस छन् । उनले भने ५ जनालाई मात्रै फलो गरेका छन् ।
इन्सटाग्रममा भने उनको ईन्ट्री भएको धेरै भएको छैन । डिसेम्बर ९ तारिकका दिन उनले पहिलो पोष्टका रुपमा, आफ्नै अर्धकदको फोटो हालेका छन् । त्यसपछि उनका फोटामा उनको भनाई समेत लेखेर हालिएको छ भने नेकपा स्थायी समितिको बैठकको फोटो पनि प्रचण्डको इन्स्टाग्राममा देख्न सकिन्छ । उनले ६ जनालाई फलो गरेका छन् भने उनका फलोअरर्स ७१ जना छन् ।
व्यस्त समय भएकाले यी सवै सामाजिक सञ्जाल प्रचण्ड आफैंले संचालन गर्न भने भ्याउदैनन् । उनको सचिवालयले सामाजिक सञ्जाल तथा मिडिया परिचालनको जिम्मा दिएको छ ।
फुर्सद भएका बेला प्रचण्ड फेसबुक तथा टिवटरमा भने समय विताउने गर्दछन् । केही समय अघि एक सार्वजनिक कार्यक्रममा समेत उनले सामाजिक सञ्जालमा विकृती फैलिएको प्रति कटाक्ष गर्दै भनेका थिए, ‘अचेल फेसबुक पनि हेरिनसक्नु भएको छ ।’
युट्युव, ट्विटर, वी च्याट, वाट्स एप जस्ता फोन तथा म्यासेज गर्न मिल्ने दर्जनौं सामाजिक सञ्जाल मध्य नेपालमा फेसबुक सवैभन्दा लोकप्रिय छ ।