Logo
६ जेष्ठ २०८१, आईतबार
(December 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बञ्जरेडाँडाबाट राज्यमन्त्री मानन्धरको ‘एक्सन’, आयोजनामा ढिलाई गरे कारबाही

काठमाडौं : फोहोर व्यवस्थापनको कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरे डाँडा स्यानीटरी ल्याण्डफिल्ड साइड निर्माण कार्यलाई तिब्रता दिन सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निर्देशन दिएका छन् ।

१३ वर्षदेखि चर्चामा रहेको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइडमा बिहिबार मन्त्रालयका सचिवसहितको अधिकारीहरुको टोली लिएर पुगेका मन्त्री मानन्धरले काठमाडौंको फोहर व्यवस्थापनको लाईफलाईनका रुपमा रहेको आयोजनामा ढिलाई गरे कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

उक्त परियोजना शहरी विकास मन्त्रालय मातहत आएपछि निर्माणले गति लिएको छ । तर पुस एकबाट फोहर फाल्नका लागि योग्य हुने लक्ष्य पुरा नभएपछि मन्त्री मानन्धर आफैं फिल्डमा पुगेका हुन् ।

अहिलेकै अवस्थामा निर्माण कार्यले तीव्रता पाएमा अबको दुई महिना भित्र काठमाडौ उपत्यकाले भोग्दै आएको फोहरको समस्या सदाका लागि अन्त्य हुनेछ । निकै प्रतिक्षा गरिएको उक्त आयोजनामा निर्माणमा पटक पटक विभिन्न बाहनामा रोकिदै आएको छ ।

अहिलेकै गतिमा काम भए दुइ महिनापछि काठमाडौ उपत्यकाको फोहर व्यवस्थापनको महत्वपूर्ण कडी मानिएको बन्चरे डाँडा स्यानीटरी ल्याण्डफिल्ड साइडमा फोहर फाल्न सकिने बन्ने छ ।

गत बैशाखबाट निर्माण कार्य थालिएको उक्त ल्याण्डफिल्ड साइडको धेरै काम अघि बढेको छ ।

प्रकाशित मिति: Dec 19, 2019

प्रतिक्रिया दिनुहोस्