Logo
६ जेष्ठ २०८१, आईतबार
(December 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीप दुर्घटनामा ३ को मृत्यु, ५ जना घाइते

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका-३ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । ।

बिहिबार बिहान ७ः३० बजे भारतको सिक्किमबाट फर्कदैँ गरेको भारतीय नम्बर प्लेटको एस के ०१ पिबी ३०६८ नम्बरको जीप दुर्घना भएको उदयपुरगढी गाउँपालिकाका वडाअध्यक्ष मनोज कार्कीले जानकारी दिए ।

मृत्यु हुनेहरुमा उदयपुरगढी गाउँपालिका-३ का ६० वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्माली मगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठ रहेका छन् ।

घाइतेहरुको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको र तीन जना गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ ।

 

प्रकाशित मिति: Dec 19, 2019

प्रतिक्रिया दिनुहोस्