Logo
६ जेष्ठ २०८१, आईतबार
(December 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्षतिपूर्ति र कारबाहीको माग गर्दै पूर्व(पश्चिम राजमार्ग अवरुद्ध

सुकासालमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र सवारी चालकलाई कारबाहीको माग गर्दै कञ्चनपुरको भीमदत्तनगरस्थित पूर्व(पश्चिम राजमार्गको भाषी खण्डमा अवरुद्ध गरिएको छ ।

मंगलबार भीमदत्त नगरपालिकाको सुकासालमा गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नम्बरको जीपले विपरित दिशाबाट आइरहेको म २ प ९४९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त नगरपालिका ४ भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको थियो ।

सोही विषयलाई लिएर मृतका परिवार र आफन्तले भाषीमा टायर बालेर राजमार्ग अवरुद्ध पारेको प्रहरीले जनाएको छ ।

प्रहरीले जीप चालक भीमदत्तनगरपालिका १० जिमुवाका ३० वर्षीय राकेश बम घाइते भएको जनाएको छ । मृतकको शव महाकाली अस्पतालमा परीक्षण भइहेको छ । राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्।

प्रकाशित मिति: Dec 18, 2019

प्रतिक्रिया दिनुहोस्