Logo
६ जेष्ठ २०८१, आईतबार
(December 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पञ्चवर्षीय गढीमाई मेलाबाट भयो १७ लाख भेटी संकलन

प्रदेश २ स्थित बाराको गढीमाईमा लागेको मेलाबाट झण्डै १७ लाख संकलन भएको पाइएको छ । गढीमाईमा हरेक पाँच पाँच वर्षमा मेला लाग्ने गर्दछ । यस वर्षको गढीमाईमा मेला यहि मंसिर १ गतेबाट शुरु भइ ३० गते सम्पन्न भएको छ ।

मेला हेर्न तथा गडिमाइ दर्शन गर्न आउने दर्शनार्थीले चढाएको भेटीमध्ये कागजको सबै रुपैयाँ गनिएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ ।

समितिका अनुसार करिव एक हप्ता लगाएर १६ लाख ७० हजार ८६० रुपैयाँ भेटी गनिएको छ । साथै त्यो मध्ये सो रकमको ४५ प्रतिशत अर्थात सात लाख ५१ हजार पुजारी मङ्गल चौधरीलाई दिइएको समितीले जनाएको छ ।

मेलामा एघार वटा दानपेटिका बाकसमा चढेको भारतीय र नेपाली रुपैयाँ गरी १६ लाख ७० हजार ८६० गनिएको हो । गढीमाई मन्दिरमा चढेको सिक्का गन्न बाँकी रहेको छ । भने संकलित सिक्काहरुलाई बाल्टिनमा भरेर भाग लगाइने पनि समितीले जनाएको छ ।

मेलामा जम्मा भएको सिक्का एक लाखभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ । संकलित भेटी गन्दा सीसीटीभी क्यामराको समेत प्रयोग गरिएको थियो । पुजारीलाई दिएर बाँकी रहेको सो भेटी पञ्चवर्षीय गढीमाई मेला मूल समितिको खातामा जम्मा गरिने समितीले जनाएको छ ।

प्रकाशित मिति: Dec 18, 2019

प्रतिक्रिया दिनुहोस्