Logo
५ जेष्ठ २०८१, शनिबार
(December 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाजपाका नेता कुलदीप सिंह सेङ्गर बलात्कार अभियोगमा दोषी ठहर

नयाँ दिल्ली : एक किशोरीमाथि बलात्कार गरेको आरोपमा भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का नेता दोषी ठहर भएका छन् । भाजपाबाट उत्तर प्रदेशको विधानसभामा निर्वा्चित भएका कुलदीप सिंह सेङ्गर बलात्कार अभियोगमा दोषी ठहर भएका हुन् ।

सन् २०१७ मा एउटा १७ वर्षीया किशोरीमाथि सेङ्गरले बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । किशोरीले गत सन् २०१८ मा नै प्रहरीमा सेङ्गरविरुद्ध उजुरी दिएपनि प्रहरीले मुद्दा चलाउन मानेको थिएन । प्रहरीले मुद्दा चलाउन नमानेपछि पीडित किशोरीले आत्मदाह गर्न खोजेकी थिइन् ।

अन्नत: दिल्लीस्थित तीस हजारी कोर्टले भाजपाका नेता सेङ्गरलाई अपहरण र बलात्कारको मुद्दा दोषी ठहर गरेको छ । अदालतले उनलाई आजीवन काराबासको सजाय सुनाएको छ ।

प्रकाशित मिति: Dec 17, 2019

प्रतिक्रिया दिनुहोस्