Logo
१६ बैशाख २०८१, आईतबार
(December 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा ´गो ब्याक इन्डिया’ भन्दै भारतविरुद्ध ´पहाडी समुदाय` को प्रदर्शन

संयुक्त राज्य अमेरिका स्थित वासिङ्टनमा नेपालका प्रवासी नेपाली “पहाडी समुदाय” ले भारतविरुद्ध प्रदर्शन गरेका छन् ।

भारतले नेपाली भूमि मिचेको विरोधमा अमेरिकामा रहँदै आएका नेपालका पहाडी समुदायले विरोध जनाएका छन् ।

वासिङ्टन डिसीमा उनीहरुले भारत विरुद्ध प्रदर्शन गरे । ‘गो ब्याक इन्डिया’, ‘कालापानी, लिपुलेक हाम्रै हो’, ‘हाम्रो जमिन फिर्ता गर’ जस्ता प्लेकार्ड बोकेर नारावाजी लगाउँदै उनीहरु भारतीय दूतावासतर्फ लम्किएका थिए ।

आइतबार त्यहा बसोबास रहेका पहाडी समुदायका अगुवाहरु अमेरिकी राष्ट्रपति निवास रहेको ह्वाइट हाउस अगाडि अवस्थित पार्कमा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा आएका अधिकांशले ढाका टोपी लगाएका थिए । साथमा नेपाली झण्डा समेत बोकेका थिए ।

भारतले लिपुलेक क्षेत्रलाई आफ्नो भूमिमा समेटेर नक्सा सार्वजनिक गरेपछि नेपालबाट विरोध हुँदैआएको छ । सीमा क्षेत्रबाट भारतीय सेना हटाउनुपर्ने लगायत माग राख्दै विरोध हुँदै आएको छ ।

प्रकाशित मिति: Dec 16, 2019

प्रतिक्रिया दिनुहोस्