Logo
१७ बैशाख २०८१, सोमबार
(December 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ प्याज भित्रिएपछि सस्तियो प्याज

उपत्यकावासीको प्याजको माग केही दिनदेखि चिनियाँ प्याजले धान्न थालेको छ ।

भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो ।

गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले गैरकानुनी बाटोबाट भित्र्याउँदै आएका थिए ।

गैरकानुनी रूपमा नेपाल प्याज निर्यात गरेको भन्दै भारतीय सरकारले व्यापारीलाई नै कारबाही गरेपछि भारतबाट प्याज आउन छाडेको छ । यो सातादेखि उपत्यकावासीको प्याजको माग चीनले धानेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा अहिले दैनिक ४०र४५ टन प्याज चीनबाट भित्रिन थालेको छ ।

अघिल्लो सातासम्म भारतबाट दैनिक ४५र५० टन प्याज आएकोमा अहिले चीनबाट आएको छ र भाउ पनि केही सस्तो भएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: Dec 14, 2019

प्रतिक्रिया दिनुहोस्