धर्मका अधारमा उत्पीडित विदेशी अब सहजै भारतको नागरिक बन्न पाउने, नयाँ नागरिकता विधेक पास
भारतको केन्द्रिय संसद लोकसभामा नयाँ नागरिकता विधेक पास भएको छ । अब धर्मका अधारमा उत्पीडित रहेका विदेशी नागरिक सहजै भारतको नागरिकता प्राप्त गर्न सक्नेछन् ।
उक्त विधेक बहुमतले पास भएको हो । राज्यसभामा यो विधेक पास भएपछी यो कानून बन्नेछ ।
विधेक प्रस्तूत गर्दै गृहमन्त्री अमित शाहले भारतीय कांग्रेस पार्टीले तत्कालीन समयमा धर्मका आधारमा भारतलाई बिभाजन गराएको आरोप लगाए ।