Logo
५ जेष्ठ २०८१, शनिबार
(December 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यायाधीशमा सिफारिस गुप्ताको अधिवक्ता नम्बर नै गलत

उच्च अदालतको न्यायाधीशमा सिफारिस एक अधिवक्ताको लाइसेन्स नम्बर नै गलत रहेको पाइएको छ। पद नै खाली नभइ गरिएको सिफारिसप्रति न्यायिक क्षेत्रमा विरोध भइरहेका बेला उच्च अदालत पोखराका लागि न्यायाधीश सिफारिस भएकी अधिवक्ता किरण कुमारी गुप्ताको लाइसेन्स नम्बर नै एकीन नगरी परिषद्ले हचु्वाको भरमा निर्णय गरेको पाइएको हो।

मंसिर ४ गते बसेको न्याय परिषदको बैठकले उच्च अदालतका लागि १५ जनाको नाम सिफारिस गरेको थियो, जसमध्ये तीन जना पद खाली भएपछि नियुक्त हुने गरी गरिएको थियो।

न्याय परिषद्ले मंसिर ४ गते किरण कुमारी गप्तासहित तीन जनालाई न्यायाधीश सिफारिस गरेको निर्णय। परिषदले पोखरा उच्च अदालतका न्यायाधीश जगतप्रसाद श्रेष्ठले मंसिर २१ गते अवकास पाएपछि नियुक्त हुने गरी सप्तरीकी किरणकुमारी गुप्तालाई सिफारिस गरेको थियो।

परिषदको निर्णयमा गुप्ताको अधिवक्ता लाइसेन्स नम्बर ११५६० उल्लेख भए पनि नेपाल बार काउन्सिलको रेकर्डमा उक्त नम्बरमा विकास खत्रीले अधिवक्ताको प्रमाणपत्र पाइएको देखाउँछ।

न्याय परिषदको निर्णयमा उल्लेख भएको लाइसेन्स नम्बरबारे जिज्ञासा राख्दा गुप्ताले आफ्नो अधिवक्ता नम्बर ११४५२ भएको बताइन्। नेपाल बार काउन्सिलको रेकर्डमा रहेको विकास खत्रीको अधिवक्ता नम्बर ११५६० ।

थप कुराकानी गर्न खोज्दा गुप्ताले आफू गाडीमा रहेकाले पछि कुरा गर्ने बताउँदै फोन राखिन्। पद नै खाली नभई न्यायाधीश नियुक्त गर्ने परिषदको निर्णयप्रति नवनियुक्त कानुन न्याय तथा संसदीय मामिला उपप्रधानमन्त्री उपेन्द्र यादवले सार्वजनिक रुपमै विरोध जनाएका छन्।

पाँच सदस्यीय परिषदमा कानुनमन्त्री पदेन सदस्य रहने संवैधानिक व्यवस्था छ। उक्त निर्णय अघिल्ला कानुनमन्त्री भानुभक्त ढकालको उपस्थितिमा भएको थियोे।

 

प्रकाशित मिति: Dec 3, 2019

प्रतिक्रिया दिनुहोस्