Logo
५ जेष्ठ २०८१, शनिबार
(November 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीयतहको उपप्रमुखलाई कानुनी अधिकार दिएकोमा उपेन्द्र यादवको आपत्ति

कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले स्थानीय तहका उपप्रमुखहरुलाई न्यायिक अधिकार दिइएकोप्रति आपत्ति जनाएका छन् ।

मन्त्री यादवले शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै राजनीतिक व्यक्तिलाई दिईको कानुनी अधिकार प्रति प्रश्न उठाउका छन् । गाउँपालिकाको उपप्रमुखलाई किन कानुनी अधिकार दिइयो ?

उनले प्रश्न गरे, राजनीतिक व्यक्तिले कानुनी अधिकार प्रयोग गर्यो भने कसरी हुन्छ निष्पक्ष न्यायिक निरुपण ?’

उनले राजनीतिक व्यक्तिलाई कानुनी र न्यायिक अधिकार प्रयोग गर्नु गलत रहेको बताउँदै कार्यपालिका र न्यायपालिका एकै ठाउँमा कसरी सम्भव भयो भन्ने प्रश्न गरेका छन् ।

उनले सोधे, ‘कार्यकारी पदले न्यायपालिकाको काम गर्नु उचित हुँदैन। त्यस्तो काम गर्नलाई त प्रारम्भिक जिल्ला अदालत छँदैछ नि ’

प्रकाशित मिति: Nov 29, 2019

प्रतिक्रिया दिनुहोस्