आगामी ३ दिनको मौसम पूर्वानुमान : पहाडी भूभागमा हल्का वर्षा र हिमाली भू-भागमा हिमपातको सम्भावना
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मंगलबार देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा मंगलबार देशभर आंशिकदेखि सामान्य बदली हुने, पश्चिम पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना रहेको उल्लेख गरिएको छ ।
आउँदो २४ घण्टामा हिमाली भेगका कही ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर १० गते मंगलबार दिउँसो देशैभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूर-पश्चिमी पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूर-पश्चिमी पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
मंसिर ११ गते बुधबार दिउँसो देशको पश्चिमी भू-भागमा सामान्य बदली रही मध्य तथा पूर्वी भूभागमा आंशिक बदली रहनेछ । पश्चिमी पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
राति देशको पश्चिमी भ-भागमा सामान्य बदली रही मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
मंसिर १२ गते बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।