गृहमन्त्री समेत उच्चस्तरीय बैठक : अतिरिक्त शुल्क फिर्ता नगरे मेडिकल कलेजलाई ठगी मुद्दा
सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई अतिरिक्त शुल्क फिर्ता गर्न मंगलबारसम्मको समयसिमा दिएको छ। अटेर गर्ने मेडिकल कलेजका संचालकलाई पक्राउ गरि ठगि मुद्धा चलाउने निर्णय सरकारको छ।
गृह मन्त्रालयमा सोमबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित महान्यायधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच अटेर गरेर बसिरहेका मेडिकल कलेजका सन्चालकविरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो।
सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेज सन्चालकलाई दुईपटकमा गरि एक महिना १५ दिन समय दिईसकेको छ।