Logo
१ जेष्ठ २०८१, मंगलबार
(November 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुर महानगरपालिका प्रमुख र उपप्रमुख सहितको टोली वेल्जियममा भम्रणमा

भिजिट नेपाल २०२० को पूर्व सन्धामा प्रवासमा वसेका नेपालीले आफ्नै तरिका मूलुकका लागि योगदान दिइरहेका छन यसैको अवसर पारेर वेल्जियमका ४ नगरपालिका (ग्रोवेन्दोंक ,कोन्तिक , अन्रोपन , डुफेल ) तथा वेल्जियमको फेडरल संसदका सांसद कोन मित्सु र युरोपियन युनियनका सांसद असिता कान्कोको सयुक्त निमन्त्रणमा भरतपुर महानगरपालिका प्रमुख श्रीमती रेणु दाहाल नेतृत्वमा उपप्रमुख श्रीमती पार्वती शाह ठकुरी सहितको ४ सदस्यीय उच्च स्तरीय टोली आगामी महिना डिसेम्वर ८ वाट १७ वेल्जियममा भ्रमण गर्नुहुने भएको छ , उहाँहरूको दुतावासवाट भिषा (प्रवेश आज्ञा) प्रदान गरिसकेको छ ।

वेल्जियम का विभिन्न निकायहरुवाट भरतपुर महानगर क्षेत्रमा विकास निर्माणमा के के र कसरी सहयोग गर्न वा जुटाउन सकिन्छ ? यहाँका स्थानीय निकायहरूले खानेपानी , साईकल सडक विस्तार , फोहोर व्यवस्थापन , सडक वत्ति तथा ट्राफिक व्यवस्थापनका विभिन्न महा नगर उपयोगी क्षेत्रमा नजिकवाट तत् तत् नगरपालिका प्रमुख उपप्रमुखहरु सहित अध्ययन भ्रमण गर्ने व्यवस्था मिलाएको छ ।

दुई देशका जन प्रतिनीधि तथा स्थाननीय निकायका कर्मचारी र जनताहरु विच कसरी सम्वन्ध मजवूद वनाउदै जनस्तरको कुटनैतिक सम्वन्ध अझै मजवुत वनाउन यो उच्च स्तरीय टोलीलाई वेल्जियममा रहेका नेपाली संघ सस्थाहरुवाट रृजनात्मक र उपयोगी राय सुझाव संकलन गरिने छ ।

चितवन महानगर पालिका भित्र लगानीका विविध सम्भावना अनुसन्धान , खोज गरि महानगरको विकासमा प्रवासमा रहेका नेपालीहरुलाई एक जुट वनाउन उच्च स्तरीय टोलीको स्थानीय नेपाली संघ सस्थाहरूसंग भेटघाट पनि गर्ने छ ।

साथै भ्रमणका अवसरमा दाहाल नेतृत्व टोलीले Antwerpen Province का प्रमुख श्री लुक लेमन्स , फलामिस कानून ,वातावरण तथा पर्यटन मन्त्री श्रीमती सुहाल देमिर , वेल्जियन केन्द्रीय संसदका साँसद तथा इडिगम नगरपालिका मेयर कोन मित्सु , फलामिस सांसद तथा डुफल नगरपालिका मेयर श्रीमती सोफी योसन लगायतसंग भेटघाट गर्ने छ ।

साथै टोलीले युरोपियन संसदका ७६ सदस्य रहेको समूह ECR ग्रुपकी उपाध्यक्ष श्रीमती असिता कान्को संग छलफल र युरोपियन ससंदको भ्रमण समेत गर्ने छ । साथै टोलीलाइ सोही दिन वेल्जियन केन्द्रीय संसदका साँसद तथा इडिगम नगरपालिका मेयर कोन मित्सु ले वेल्जियमको केन्द्रीय संसद र सिनेटको भ्रमण समेत गराउनु हुने छ ।

यो उच्च स्तरीय भ्रमण टोलीको सम्पूर्ण प्रशासनिक तथा प्राविधिक समन्वय गर्ने मौका प्रदान गर्नु भएकोमा भरतपुर महानगरकी प्रमुख ज्यू , उपप्रमूख ज्यू तथा निरन्तर सम्पर्कमा रहि समन्वय पुराउनु हुने प्रोफेसर ई .हरि भण्डारी ज्यू लगायत महानगरपालिका प्रति नपाली समाज वेल्जियमम उहाहरू प्रति आभार व्यक्त गर्दछ । वेल्जियम र नेपालको कुटनैतिक सम्वन्ध स्थापना भएको यतिका वर्ष पछि स्थानीय निकायका उच्च पदस्थ पदाधिकारीहरुको यो पहिलो भ्रमण सफल वनाउने वातावरण तयार गर्न सहयोग गर्नु हुने वेल्जियमका लागि नेपाली दूतावास लगायत एनआ रएन अध्यक्ष श्री चित्र सुवेदी , चितवन सहायता कोषका अध्यक्ष भुवन सुवेदी लगायतका मित्रहरुमा समेत हार्दीक आभार व्यक्त गर्दछाै ।

यो उच्च स्तरीय भ्रमणवाट वेल्जियमका विभिन्न नगरपालिकहरुसंग एकै पटक भगिनी सस्था स्थापनार्था Memorandum of Understanding (MoU) पनि गर्ने कार्यक्रम तयार हुदै रहेको जानकारी पनि प्राप्त भएको छ । सथ साथै भ्रमण टोली वेल्जियमका उच्च पदस्थ पदाधिकारीहरूलाइ नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमण गर्न निमन्त्रणा समेत दिने छ । स्मरणीय छ वेल्जियमवाट यस अगाडी पटक पटक उच्च स्तरीय सासदहरुको टोली , मेयर उपमेयरहरु सहितको टोलीले भरतपुर महानगरपालिका सहित नेपालका विभिन्न स्थानमा सद्भावना भ्रमण गरिसकेको छ ।

प्रकाशित मिति: Nov 24, 2019

प्रतिक्रिया दिनुहोस्