Logo
६ जेष्ठ २०८१, आईतबार
(November 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैद्यनाथ धाममा सवा करोड ज्याेतिप्रज्वलन गरिने

‘पिण्डेश्वर शिवलक्ष्मीधामले अछामको बैद्यनाथ धाम परिसरमा छैठौं पिण्डेश्वर शिव साधनाको आयोजना गर्ने भएको छ ।

यही मंसिर ८ देखि १२ गतेसमम्म सञ्चालन हुने साधनामा सवा करोड ज्योति प्रज्वलन तथा महारुद्री अनुष्ठानको पनि आयोजना गरिएको श्री मदन बाबा भक्ति केन्द्र काठमाण्डौका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठले बताए ।

बैद्दनाथ धाम नेपालका प्रसिद्द चार धाम पाशुपत क्षेत्र, बराह क्षेत्र र मुक्तिनाथ मध्ये पर्दछ । साफेबगर नगरपालिकास्थित बुढी गंगाको किनारमा अवस्थित बैद्यनाथ धाम परिसरमा आयोजना हुने शिव साधनामा देशभरीबाट करिब दुई हजार श्रदालु भक्तजनहरुको सहभागिता रहने आयोजकको भनाई छ ।

परम उद्धारकर्ता संकटमोचनस्वरुप मदन बाबाको सानिध्यतामा आयोजना हुने यस शिविरमा साधकहरूले, ध्यान, जप, आराधना, भक्ति र सत्संगमा सक्रिय सहभागिता जनाई लाभ लिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: Nov 20, 2019

प्रतिक्रिया दिनुहोस्