Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले हटाउने तयारी गरेपछि मन्त्रालय नै आउन छाडे यी मन्त्रीहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पूनर्गठन गर्ने तयारी गरेका छन् । पार्टीको सचिवालय बैठकले मन्त्रिमण्डल पूनर्गठनको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिएको छ ।

सोहीअनुसार ओलीले तयारीलाई तिव्रता दिएका छन् । स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले आधा दर्जन मन्त्रीहरुलाई एकसाथ विदाई गर्न लागेका छन् ।

विदाई हुने चर्चामा रहेका नाममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ पहिलो नम्बरमा छन् ।

त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, ज्येष्ठ नागरिक तथा महिला, बालबालिका मन्त्री थममाया थापा पनि ओलीले हटाउने मन्त्रीको सूचीमा परेका छन् ।

उद्योगमन्त्री मातृका प्रसाद यादव, अर्थमन्त्री युवराज खतिवडा, खानेपानी मन्त्री बिना मगरलाई पनि हटाउने सुचिमा राखिएको छ ।

अहिले हटाउने चर्चामा रहेका मन्त्रीहरु मन्त्रालय नै आउन छाडेको सम्बन्धित मन्त्रालयका कर्मचारीहरुले बताए । उनीहरुका अनुसार मन्त्रालय आउन छोडेका मन्त्रीमा रघुवीर महासेठ, चक्रपाणि खनाल, थममाया थापा रहेका छन् ।

प्रकाशित मिति: Nov 19, 2019

प्रतिक्रिया दिनुहोस्