Logo
२४ बैशाख २०८१, सोमबार
(November 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीलंकाका नवनिर्वा्चित राष्ट्रपति राजापाक्षले गरे प्रधानमन्त्री ओलीसँग भेटको अपेक्षा

श्रीलंकाका नवनिर्वा्चित राष्ट्रपति गोतावया राजापाक्षले निकट भविष्यमै प्रधानमन्त्री केपी ओलीसँग भेट हुने अपेक्षा गरेका छन् ।

उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी श्रीलंकालीहरूको मन मस्तिकमा रहेको पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत उनलाई दिएको बधाइ सन्देशमा तत्काल प्रतिक्रिया दिँदै राष्ट्रपति राजापाक्षले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अस्तित्व पुनः गतिशील बनाउने कुरामा समेत जोड दिएका छन् ।

राजापाक्षले भनेका छन्, ‘भगवान् गौतम बुद्धको जन्मस्थल भएका कारण नेपाल श्रीलंकालीहरूको मन-मुटुमा विशेष स्थान राख्छ । सार्क क्षेत्रभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि मैले प्रयास गर्नेछु र छिट्टै नै तपाईंलाई भेट्ने अवसरको प्रतीक्षामा रहनेछु ।’

सोमबार प्रधानमन्त्री ओलीले राजापाक्षेलाई बधाई दिँदै दुई देशको ऐतिहासिक बहुपक्षीय सम्बन्धलाई अझ मजबुद् बनाउन राजापाक्षेसँग मिलेर काम गर्न आतुर रहेको बताएका थिए ।

प्रकाशित मिति: Nov 19, 2019

प्रतिक्रिया दिनुहोस्