Logo
१९ बैशाख २०८१, बुधबार
(November 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालापानी क्षेत्र हाम्रो हो, भारतको नक्सा मान्दैनौं : नेपाल सरकार

यही आइतवार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सालाई लिएर नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ। बुधबार परराष्ट्र मन्त्रालयका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भारतले आफ्नो सेनाको क्याम्प राखिरहेको कालापानी क्षेत्र नेपालकै रहेको प्रष्ट पारिएको छ।

‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल-भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरूबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्या समाधानका लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरूले काम गर्ने गरी जिम्मेवारी दिइएको छ।’

परराष्ट्रले भारतका कुनै पनि एकपक्षीय निर्णय नेपाललाई मान्य नहुने पनि प्रष्ट्याएको छ।’दुई देशबीच सुल्झाउन बाँकी सीमासम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनु पर्ने हुन्छ’, परराष्ट्रले भनेको छ, ‘एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ।’

परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि नेपाल सरकार प्रतिबद्ध रहेको पनि जनाएको छ। ‘दुई मित्र राष्ट्रहरूबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरूको आधारमा कूटनीतिक माध्यमबाट हुनु पर्ने मान्यतामा नेपाल सरकार दृढ रहेको छ’, विज्ञप्तिमा भनिएको छ।

विज्ञप्ति :

 

प्रकाशित मिति: Nov 6, 2019

प्रतिक्रिया दिनुहोस्