Logo
१९ बैशाख २०८१, बुधबार
(November 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा ‘गो ब्याक इण्डिया’ को नारा: ‘कालापानी-लिपुलेक र लिम्पियाधुरा हाम्रो हो’

भारतीय नक्सामा नेपाली भूमि समेटिएको भन्दै त्यसको विरोधमा विद्यार्थी संगठनहरुले काठमाण्डौमा प्रदर्शन गरेका छन् । सत्तारुढ तथा विपक्षी दल सम्बद्ध विद्यार्थीहरुले बुधबार काठमाडौंमा अलग-अलग प्रदर्शन गरेका हुन् ।

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले गरेको प्रदर्शनमा ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इण्डिया’को नारा लगाएका थिए ।

अखिलका नेता सुरेन्द्र बस्नेतले नेपालका भूमि भारतीय नक्सामा पर्दा सरकार चुप लागेर बस्न नमिल्ने भएकोले विरोध प्रदर्शन गरिएको बताए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पनि भारतको नयाँ नक्साको विरोध गर्दै प्रदर्शन गरेको छ।

यसअघि भारतले जम्मु कस्मिरलाई दुई केन्द्रशासित क्षेत्र बनाएको नयाँ नक्सा सार्वजनिक गरेको थियो। उक्त नक्सामा नेपालले दाबी गर्दै आएको कालापानी, लिपुलेकलाई भारतीय सीमाभित्र राखिएको छ। भारतको उक्त नक्साको नेपालमा अहिले चर्को विरोध भइरहेको छ।

प्रकाशित मिति: Nov 6, 2019

प्रतिक्रिया दिनुहोस्