Logo
१ जेष्ठ २०८१, मंगलबार
(November 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिकित्सा शिक्षा आयोगको निर्देशकमा आवेदन माग

चिकित्सा शिक्षा आयोगको निर्देशक पदका लागि आवेदन माग गरिएको छ । सिफारिस समितिले मंगलबार पत्रिकामा सूचना प्रकाशित गरी योग्यता पुगेकाहरुबाट निर्देशक पदमा आवेदन माग गरेको हो ।

निर्देशक पदमा आवेदन इच्छुक व्यक्तिले पाँच सय शब्दमा नबढाई आफ्नो व्यक्तिगत सोच र बायोडाटा राष्ट्रिय योजना आयोगको शिक्षा सचिवालयमा वा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक शिक्षा शाखाका कात्तिक २१ गतेभित्र दिनुपर्नेछ ।

आयोगको निर्देशकका लागि सम्बन्धित काममा १५ वर्षको अनुभवप्राप्त प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा अनुभव भएको, उत्कृष्ट व्यवस्थापकीय सीप तथा कौशल, स्वच्छ छवि र व्यवसायिकता भएको व्यक्ति नियुक्ति गर्ने व्यवस्था छ ।

प्रकाशित मिति: Nov 5, 2019

प्रतिक्रिया दिनुहोस्