Logo
२३ बैशाख २०८१, आईतबार
(November 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बर्खास्तीसँगै सातै प्रदेशका नयाँ प्रदेश प्रमुख नियुक्तिको तयारीमा ओली सरकार

सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी आजलाई टरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेसँगै नयाँ प्रदेश प्रमुख तयारी गरिएको थियो ।

त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक समेत बोलाएका थिए । तर मन्त्रिपरिषद्को बैठक अगाडि बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नयाँ प्रदेश प्रमुखहरुको टुंगो लगाउन सकेन ।

एक नेता भन्छन्, ‘आन्तरिक छलफल गर्न बाँकी भएकाले नामबारे धेरै कुरा हुन पाएन ।’ लगतै मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

सबै प्रदेशका प्रदेश प्रमुखहरु पदमुक्त

सरकारले सातै वटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकाे छ । मन्त्रिपरिषद्काे आइतबारकाे बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेकाे हाे । मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गर्नु भएकाे हाे ।

संविधानकाे धारा १६५ काे उपधारा १ (ख) बमाेजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएकाे हाे । प्रदेश १ प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ प्रमुख अनुराधा कोइराला, गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश ५ प्रमुख उमाकान्त झा, कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त भएका हुन् ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।

प्रकाशित मिति: Nov 3, 2019

प्रतिक्रिया दिनुहोस्