Logo
४ जेष्ठ २०८१, शुक्रबार
(October 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तस्करहरुद्वारा बारा र पर्साको नाकाबाट धमाधम पटाका भित्र्याइँदै

बारा :  तिहार पर्व नजिकिएसँगै विभिन्न पटाकाहरुको तस्करी बढ्दै गएको छ । नेपाल भारतबीच खुल्ला सिमाना हुनाले तस्करहरुको तस्करी बढ्दै गएको हो ।

तस्करहरुले पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटाका भित्र्याउन थालेका छन् । उनीहरुले खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटाका भित्र्याउने गरेका छन् ।

तस्करहरुले पर्साको भिस्वा, सिकटा, भेलाई, इनरवा, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिम्रोनगढ, कचौर्वालगायतका नाकाबाट पटका ल्याउने गरेको देखिन्छ । प्रहरीले थोरै मात्रामा पटका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफनो पक्षमा पारेर पटकाको व्यापक तस्करी गर्ने गरेको छ ।

कयारियरवालाहरुले भारतको रक्सौललगायतका भारतीय बजारबाट ती पटाका वीरगञ्ज, कलैयालगायतका नेपाली बजारसम्म पुर्याएबापत सम्बन्धित व्यापारीसँग ५० प्रतिशत तथा काठमाडौँसम्म पुर्याएबापत अधिकत्तम २ सय प्रतिशतसम्म लिने गरेको जनाइएको छ ।

सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई आफ्नो पक्षमा पारेर भारतबाट विभिन्न समान ल्याउँदा त्यसभित्र पटाका लुकाएर ल्याउने गरेको बताएका छन् । अति प्रज्वलनशील पदार्थको रुपमा रहेको पटाका नेपाल भित्रिने गरेको बारे प्रहरी अधिकारीले अस्वीकार गरेका छन् तर सीमा नाकामा प्रहरीहरुले भेटाएसम्म पटाका भने समात्ने गरेको दाबी गर्दै आएका छन् ।

खासगरी भारतबाट आउने मालबाहक सवारीसाधन जीप, कार, टाँगाजस्ता गाडीमा पटाका लुकाइछिपाई ल्याउने गरेको पाइएको छ ।

प्रकाशित मिति: Oct 22, 2019

प्रतिक्रिया दिनुहोस्