Logo
१९ बैशाख २०८१, बुधबार
(October 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आङ सान सूची भ्रमण वर्ष-२०२० को प्रमोसन गर्न नेपाल आउने

काठमाण्डौ : सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सूचीको नेपाल भ्रमणको तयारी सुरु गरेको छ ।

राष्ट्रपति विद्या भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सूचीले ‘नेपाल भ्रमण वर्ष-२०२०’ को प्रवर्द्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उहाँको भ्रमणको तयारी सुरु गरेको हो ।

सोमबार राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वदेश फर्केका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ म्यानम्यारका स्टेट काउन्सिलर सूचीले नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि नेपाल आउने चाहना राष्ट्रपतिसमक्ष व्यक्त गरेकाले सरकारले त्यस भ्रमणका लागि प्रबन्ध गर्ने कामलाई अघि बढाइसकेको जानकारी दिए ।

‘म्यानमारका स्टेट काउन्सिलर सूचीले नेपाल भ्रमण वर्षको प्रमोसन गर्न नेपाल आउने चाहना व्यक्त गर्नुभएको छ’, सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री ज्ञवालीले भने, ‘हामीले भ्रमणका लागि प्रबन्ध मिलाउनेछौँ ।’

प्रकाशित मिति: Oct 21, 2019

प्रतिक्रिया दिनुहोस्