Logo
२३ बैशाख २०८१, आईतबार
(October 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा मुख्यमन्त्री भट्ट र राजदुत मासामिचीबीच जापानी सरकारको सहयोगमा नेपालमा सञ्चालित विकाससम्बन्धी कार्यक्रमको समीक्षा भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

प्रदेशको विकास, पर्यटनको सम्भावना र पर्यटन भ्रमण वर्ष २०२० मा जापानी पर्यटक नेपाल भित्र्याउने लगायतका विषयमा समेत छलफल भएको बताइएको छ ।

सो अवसरमा मुख्यमन्त्री भट्टले जापान सरकारबाट नेपालको विकासमा सहयोग हुँदै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Oct 2, 2019

प्रतिक्रिया दिनुहोस्