Logo
२३ बैशाख २०८१, आईतबार
(October 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ कम्युनिष्ठ शासनको ७० वर्षगाँठ, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

चीनले आज कम्युनिष्ट शासन व्यवस्थाको ७० औं वर्ष गाँठ मनाइरेको छ। यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनको ७०औँ जनगणतन्त्र दिवसका अवसरमा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै चिनियाँ समकक्षी प्रधानमन्त्री ली खस्याङ्मार्फत आफ्नो र नेपाल सरकारका तर्फबाट चीनका सम्पूर्ण जनतामा शुभकामना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले उक्त सन्देश चिनियाँ र अङ्ग्रेजी दुवै भाषामा दिनुभएको छ । चीन सन् १९४९ अक्टोबर १ मा जनगणतन्त्र स्थापना भएको थियो ।

प्रकाशित मिति: Oct 1, 2019

प्रतिक्रिया दिनुहोस्