Logo
२९ बैशाख २०८१, शनिबार
(September 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपनमा भएको दुई समूहबीच ग्याङफाइटमा १ जनाको मृत्यु

 

सांकेतिक तस्बिर

काठमाडौं :  कपनमा भएको दुई समूहबीच ग्याङफाइटमा एकजनाको मृत्यु भएको छ । उक्त ग्याङ फाइटमा खोटाङ घर भई कपनस्थित आदर्शनगर बस्दै आएको १८ वर्षीय सञ्जय राईको मृत्यु भएको हो ।

मङ्गलबार गएराती ९ बजे भएको ग्याङफाइटमाा गम्भीर घाइते भएका राईको टिचिङ अस्पतालमा उपचारको क्रममा राती ११ः२५ बजे मृत्यु भएको हो ।

राईको घाँटी र छातीमा गम्भीर चोट लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । सञ्जयको हत्यामा संलग्न संखुवासभाका ३१ वर्षीय प्रेम राई र इलामका २६ वर्षीय सुसान राईलाई प्रहरीले बुधवार बिहान बौद्धको सिस्टाटारबाट पक्रेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Sep 4, 2019

प्रतिक्रिया दिनुहोस्