Logo
२९ बैशाख २०८१, शनिबार
(September 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिस्टम ह्याक गरी पैसा निकाल्ने ५ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ :  काठमाडौँको दरबारमार्गमा रहेको एटिएमबाट पैसा निकाल्ने ५ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुले नक्कली एटिएम कार्डको प्रयोग गरी रकम झिकेको जनाइएको छ ।

शनिबार साँझ बैंकको १ करोड २६ लाख रकम झिकेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

उनीहरुले एटिएमको सिस्टम ह्याक गरी अर्काको खातामा रहेको पैसा निकाल्ने गरेका थिए । एटिएमबाट एकैपटक ठूलो रकम निकालिएपछि बैंकका कर्मचारीले निगरानी गरेका थिए । केही शंकास्पद गतिबिधि समेत देखिएपछि बैंकले प्रहरीलाई खबर गरेको बुझिएको छ ।

यसबारे विस्तृत जानकारी पत्रकार सम्मेलन गरेर दिइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: Sep 1, 2019

प्रतिक्रिया दिनुहोस्