Logo
६ जेष्ठ २०८१, आईतबार
(September 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिमावर्ती क्षेत्रबाट ७ किलो चाँदीसहित दुई जना पक्राउ

जनकपुरधाम :   प्रदेश २ स्थित धनुषाको सिमावर्ती क्षेत्रबाट अवैध ७ किलो चाँदीसहित आज बिहान फेरि २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बा. ११ च. १२५० नम्बरको टाटा सुमो गाडी नगराइन नगरपालिकाको जटही नाका भएर भारत प्रवेश गर्न लागेको बेला भारत बिहार राज्यको मधुवनी जिल्लाका धिरज ठाकुर र जनकपुरधाम ७ स्थित ठाकुर ज्वेलर्सका संचालक सुरेश ठाकुर पक्राउ परेका हुन् । भारततर्फ जाने क्रममा चेकजाँच गर्दा ७ किलो चाँदी जफत भएपछि उनीहरुलाई नियन्त्रण्मा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा ल्याइएको छ । नेपालभन्दा भारतीय बजारमा चाँदी महँगो भएकोले तस्करी हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

दुई दिनअगाडी पनि सशस्त्र प्रहरीले जनकपुरबाटै साढे १८ किलो चाँदीसहित महोत्तरीको पिपरा गाउँपालिका ५ का भरत साहलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: Sep 29, 2019

प्रतिक्रिया दिनुहोस्