Logo
१९ बैशाख २०८१, बुधबार
(September 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानी सेलिब्रिटी कन्दील बलोच हत्याकाण्डमा उनका भाइलाई जन्मकैद

पाकिस्तानकी सोशल मिडिया स्टार कन्दील बलोचको हत्या घटनामा अदालतले उनका भाइ मोहम्मद वसीमलाई जन्मकैदको सजाय सुनाएको छ ।

अदालतले उनका अर्का भाइ मोहम्मद आरिफलाई वान्टेडको सूचीमा राखेको छ । यस्तै मुख्य अभियुक्त मुफ्ती अब्दुल कवी समेत चार अन्य अभियुक्तलाई रिहा गर्ने आदेश दिएको छ ।

फैसला सुनाएपछि मुफ्ती अब्दुल कवीले न्यायपालिका माथि भरोसा बढेको र यसको इमान्दारीता कायम रहने विश्वास आफूले लिएको बताए ।

पाकिस्तानी सोशल मिडिया सेलिब्रिटी कन्दील बलोचको जुलाई २०१६ मा हत्या भएको थियो ।

१५ जुलाई २०१६ मा कन्दील बलोचको उनकै भाइले हत्या गरेको खुलेको थियो । मध्यराति पक्राउ परेका उनका भाइ वसीमले हत्या स्वीकारेका थिए ।

उनको भनाई थियो कि कन्दीलका कारण उनको परिवारको बेइज्जती भइरहेको थियो । तर केही समयपछि उनले आफ्नो बयान बदलेका थिए । कन्दीलको पोष्टहरुमा आउने प्रतिक्रिया भाइ वसीमलाई मन परेको थिएन ।

आफ्नो बोल्ड अवतारका कारण कन्दीलले पाकिस्तानी सोशल मिडियामा सनसनी मच्याएकी थिइन् । उनकाे भिडियो सोशल मिडियामा पोष्ट हुन थालेपछि लाखौँ प्रशंसक बनेका थिए र केही व्यक्तिहरु उनीसँग रिसाएका थिए ।

धेरै मानिसहरुले उनीमाथि इस्लामको अपमान गरेको आरोप लगाएका थिए ।

कन्दीलले हत्यापूर्व बिबिसीलाई दिएको एक अन्तर्वार्तामा आफ्नो हत्या गर्ने धम्की आउने गरेको बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘ मलाई धम्की आइरहेको छ तर मेरो भनाई के हो भने मृत्युको समय निश्चित छ जब तपाईँको मृत्युको समय आउँछ तब मर्नु नै पर्छ । ’

कन्दील बलोचका आमाबुवाले अदालतसँग उनका छोराको रिहाईको याचना गरेका थिए तर अदालले त्यसलाई स्वीकार गरेन ।

प्रकाशित मिति: Sep 27, 2019

प्रतिक्रिया दिनुहोस्